सन्तोष परियारले छाडे रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक रहेका नेता सन्तोष परियारले रास्वपा छाडेका छन् ।

उनले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटोलाई राजीनामा बुझाएका छन् ।

यसअघि नै रास्वपाबाट सुमना श्रेष्ठले पनि राजीनामा दिएकी थिइन् । पछिल्लो समय रास्वपामा असन्तुष्टि चुलिँदै गएको छ ।

उनले रास्वपा छाडेर छुट्टै राजनैतिक अभियान सुरु गर्न लागेको बताइएको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार  ३ : ०९ बजे