काठमाडौं । केन्द्रिय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ ।
आईतवार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचन प्रयोजनको लागि नेपाली सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि भएको जानकारी दिए ।
समितिको गत असोज ९ मा बसेको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।









