टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध



काठमाडौं । नेपाल प्रहरीले टीयू क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न अनुरोध गरेको हो।

प्रहरीले सूचना नै निकालेर भनेको छ, ‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

एनपीएलको दोस्रो संस्करण आज (मंसिर १)देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ ।

प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार  १२ : १७ बजे