काठमाडौं । राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।
प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले रिट दायर गरेका हुन् ।
उक्त रिटको पेशी यही मंसिर ७ गतेको लागि तोकिएको छ ।
जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयक असोज ३० गते गरेको थियो ।









