मधेसका मुख्यमन्त्रीविरुद्ध सात दलको विरोध प्रदर्शन आज नवौं दिन पनि जारि



सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ राजनीतिक दलले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा नवौं दिन पनि आन्दोलनको कार्यक्रमलाई जारी राखेका छन् ।

मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदैछ । यता ७ दलले मंगलवार ९ औं दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् ।

धर्नामा बसेका जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इसारामा अस्थिरता निम्तिएको आरोप लगाए ।

उनले आफूहरु मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ नै आन्दोलनका कार्यक्रमहरु ९र्औँ दिनपनि जारी राखेको बताए ।

प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार  १२ : ५० बजे