कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो ।

कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए ।

चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक÷एक विकेट लिए ।

प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार  १ : ५५ बजे