प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी उपचारका लागि अदालत जान्छौं : ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दैै अदालत जाने बताएका छन् ।

मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरुको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा पुनःस्थापनाको काम गर्दैं आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताएका हुन् ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन संविधान र कानूनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकीर समेत पटक पटक गरे।

ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाए। उनले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाए ।

प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार  ६ : ०४ बजे