काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटना जेनजी भावनाअनुसार नभएको बरु त्यसको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले व्यक्तिलाई कहीँ पनि भ्रमण गर्ने संविधानप्रदत्त अधिकार भएकोले कसैको पनि अधिकार कुण्ठित गर्न नमिल्ने बताएका छन् ।
‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने कसैको भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजीको भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौँ,’ शर्माले लेखेका छन् ।
सिमरा घटनालाई उनले ‘दुःखद’ भन्दै, प्रधानमन्त्रीलाई स्वतन्त्र रूपमा भ्रमणको वातावरण नबने चुनाव सञ्चालनमा नै समस्या पर्न सक्ने बताएका छन्।










