संवैधानिक पदाधिकारी नियुक्ति गर्ने प्रावधानसहितको अध्यादेश सरकारले पठायो राष्ट्रपति कार्यालय



काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका २५ वटा निर्णय सार्वजनिक गरिएको छ ।

बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् ।

मंगलबारको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ को जारी गर्न सिफारिस गरेको छ ।बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०८२ जारी गर्न सिफारिस गरेको बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं अन्तरिम सरकारका सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले बताए।

त्यस्तै सरकारले नेपाल वायुसेवा निगमको महत्प्रबन्धक नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य श्री अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी संचालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले मर्चवारी गाउँपालिका रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र बडा न. ३ रायपुरवाट परिवर्तन गरी बंडा नं. ४ खैरा कायम गर्ने निर्णय गरेको छ ।

तेस्ैगरि .शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. पना कुमारी चेष्ठ, नवलपरासीलाई तोक्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार  ५ : ४३ बजे