काठमाडौं । नेकपा (एमाले)ले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ ।
काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् ।
जनाको केन्द्रीय कमान्डर फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठ रहेका छन् । त्यस्तै फोर्समा दुई जना सहकमाण्डर रहने छन् ।









