महेश बस्नेत सवार गाडीमा मसी छ्याप्ने कांग्रेस निकट विद्यार्थी



विराटनगर । नेकपा (एमाले)का नेता महेश बस्नेत सवार गाडीमा विराटनगरमा रातो मसी फ्याँक्ने दुई युवा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य रहेको खुलेको छ ।

आइतबार विराटनगर ओर्लिएका बस्नेतको गाडीमाथि विमानस्थल परिसरमै विरोधस्वरूप रातो मसी छ्यापिएको थियो ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

नेता बस्नेत र भानुभक्त ढकाल सवार गाडी विमानस्थलबाट बाहिरिने क्रममा मसी फ्याँकेको आरोपमा प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–१ का सन्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवर छन् ।

प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार  २ : ०७ बजे