संसद् पुनर्स्थापनाको मागसहित एमालेद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं । संसद् पुनर्स्थापनाको मागसहित नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार रिट दायर गरेका हुन् ।‘

असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन नेकपा (एमाले) संसदीय दल (असंवैधानिक ढङ्गबाट बिघटित प्रतिनिधिसभा) को तर्फबाट आज सम्मानित सर्वोच्च अदालतमा पेश गरिएको छ,’– नेता बर्तौलाले जानकारी गराए ।

गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । 

प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार  १२ : ३७ बजे