काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको एकमात्र खेलमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
काठमान्डु र लुम्बिनी दुवै अघिल्लो खेलमा पराजित भएकाले दुवै टोली लयमा फर्कने प्रयासमा मैदानमा उत्रिने छन्।
दुवै टिम दोस्रो जितको खोजीमा छन् । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो ।
लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको हार व्यहोरेको थियो ।














