ईश्वर पोखरेलले गरे अध्यक्षमा उम्मेद्वारी दिने घोषणा



काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

मंगलबार (मंसिर ९) विज्ञप्ति जारी गर्दै पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्,‘पार्टी पूनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको हुँ ।’

उनले आफूले पार्टीका नेता तथा कार्यकर्ताहरुको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार  ४ : ४६ बजे