एनपीएल : काठमाण्डु गुर्खाजको दोश्रो जित, लुम्बिनी लायन्स २२ रनले पराजित



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्यो ।

काठमाडौंका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन् ।


यस अघि तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक रहेको थियो ।

प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार  ७ : ३९ बजे