काठमाडौं । नेपाली काँग्रेस नेता एवं पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूले मन्त्री हुँदा अगाडि बढाएका स्वास्थ्य क्षेत्रका सुधारात्मक कार्यहरूलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा गौतमलाई बुधवार मन्त्रालयमा भेटेर पौडेलले यस्तो आग्रह गरेका हुन् ।
पूर्वमन्त्री पौडेलले बीमा कार्यक्रम, जनशक्ति व्यवस्थापनदेखि औषधि मूल्य निर्धारणका प्रक्रियालाई अगाडि बढाउन आग्रह गरे ।
पौडेलले आफूले केही नयाँ कार्यक्रम शुरु गर्ने, पुराना प्रभावकारी कामलाई निरन्तरता दिने र संरचनात्मक सुधारहरु अघि बढाउने प्रयास गरेको दाबि गरे ।









