मधेस सरकार विरूद्धको रिट न्यायाधीश फुयाल र पाण्डेयको इजलासमा



काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।

यसअघि मंसिर २ गते सर्वच्च अदालतले मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जबाफ पेस गर्न भनेको आदेश दिएको थियो।

प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार  १२ : ०५ बजे