एनपिएल पोखराको पहिलो जित, साविक विजेता जनकपुरको तेस्रो हार



काठमाडौँ – नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ। जनकपुर वोल्ट्सबिरद्दको पोखरा २५ रनले विजयी भएको हो ।

यससँगै जारी सिजन खराब सुरुआत गरेको साविक विजेता जनकपुर वोल्ट्सले तेस्रो खेलमा पनि पराजय ब्यहोरेको छ।

त्रिवि क्रिकेट रंगशालामा पोखरा एभेन्जर्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो।

जनकपुरको लागि वाइर्ने पर्नेले अर्धशतकिय पारी खेले ३८ बलमा ५० रन पूरा गर्दै उनि रिटार हर्ट भएर मैदान बाहिरिए पछि किशोर महतो मैदान प्रवेश गेरेका थिए।

माज सराकतले १४ बलमा २० रन बनाए। उनले एक चौका र दुई छक्का प्रहार गरेर आउट भए। सन्जय कृष्णमुर्तिले २५, वाइर्ने पर्नेले बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यता, जनकपुरलाई कम योगफलमा रोक्नको लागि विपिन खत्रीले चार ओभरमा चार विकेट लिदैँ मात्र १५ रन खर्चिए। सुमित बर्माले दुई तथा कप्तान कुशल भुर्तेल र जिमी निशमले विकेट हात परे।

त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

जितसँगै पोखराले पहिलो अंक जोडेको छ। पहिलो खेलम विराटनगर किंग्ससँग पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुरलाई पराजित गरेको हो। यता, जनकपुर तीनमा तीनै हारसहित अंकविहिन छ।

प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार  ७ : ४० बजे