एनपीएल : काठमाण्डूविरुद्ध चितवनले फिल्डिङ गर्ने



काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा काठमान्डू गोर्खाजविरुद्ध चितवन राइनोजले टस जितेको छ।

त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ रोजेका छन्।

यता, टस हारेको काठमान्डूले पहिले ब्याटिङ गर्ने भएको छ।

जारी प्रतियोगितामा चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमान्डूले चार खेलबाट चार अंक जोडेको छ।

प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार  ११ : ५३ बजे