काठमाडौँ। नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ।
त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीका कप्तना रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्।
जारी लिगमा पोखराले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ भने लुम्बिनीले चार खेलमा एक जित र तीन हारसहित संघर्ष गरिरहेको छ।














