एनपीएल : आज विश्राम,भोलि दुई खेल हुने



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल ) अन्तर्गत आज विश्राम दिइएको छ ।

भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

मङ्सिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् ।

प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार  १० : ५२ बजे