प्रतिनिधि सभा निर्वाचनका लागि १२० वटा दलकोे निवेदन दर्ता



काठमाडौं ।आगामी संवत् २०८२ साल फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया सम्पन्न भएको छ।

निर्वाचन आयोगले मिति २०८२/०७/२८ को निर्णयअनुसार दर्ताका लागि अवधि मंसिर १ गतेदेखि १० गतेसम्म रहने गरी तोकेको थियो। त्यसपछि आयोगको मिति २०८२/०८/१० को अर्को निर्णयअनुसार दर्ता अवधि मंसिर १४ गतेसम्म थप गरिएको थियो।

तोकिएको र थप गरिएको दुवै अवधिमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन तथा एकल चुनाव चिह्न प्राप्त गर्न कुल १२० वटा निवेदन निर्वाचन आयोगमा दर्ता भएको आयोगले जनाएको छ।

आगामी निर्वाचनमा दलहरूको सक्रियता बढ्दै गएको तथा नयाँ दलहरूको सहभागिता समेत उल्लेख्य देखिएको आयोगको मूल्यांकन छ।

प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार  १ : ४६ बजे