एसीसी यू–१९ प्रिमियर कप : नेपाललाई उपाधि जित्न १४८ रनको लक्ष्य



काठमाडौँ – एसीसी यु -१९ प्रिमियर कपको उपाधिका लागि युएईले नेपाललाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अलआउट गर्दै नेपालले १४७ रनमा समेटेको हो।

नेपालका दयानन्द मण्डलले ६, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एकरएक विकेट लिए ।

नेपाल र यूएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार  ३ : २८ बजे