प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्य,वैकुण्ठ अर्याल सचिवमा बढुवा



काठमाडौं । सरकारले प्रेस काउन्सिल अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल अध्यक्षमा आचार्यलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

तेस्ते सरकारले कामु प्रमुख सचिव रहेका वैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

तेस्तै सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेन–जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको खरेलले जानकारी दिए ।

उनकाअनुसार गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरुलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार  ७ : ४५ बजे