राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न कांग्रेसले गर्‍यो परिपत्र



काठमाडौं। नेपाली कांग्रेसले माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई परिपत्र गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार परिपत्र गरेका हुन्।

‘११ माघ २०८२ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनतर्फको उम्मेदवारीका लागि विधानको धारा ३२ को उपधारा ९ (क) बमोजिम तथा प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक सदस्यहरूको निर्वाचनतर्फको विधानको धारा ३२ को उपधारा ८ (क) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशनसहित परिपत्र गर्ने,’ खड्काले भनेका छन्, ‘नाम मंसिर मसान्तभित्र केन्द्रमा आइपुग्ने गरी आजै सर्कुलर सबै ठाउँमा जान्छ ।’

मंसिर मसान्तभित्र नाम आइसकेपछि प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारको टिकट एकैपटक वितरण गर्ने कांग्रेसको भनाइ छ ।

प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार  २ : ४३ बजे