नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो।

उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ ।

नलिनचोक हेलिप्याड निर्माणमा १० अर्ब लागत देखाएर अनियमितिता गरेको अख्तियारको दाबी छ ।

प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार  २ : ४८ बजे