काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद भएको छ।
आज दिउँसो एमाले मुख्यालयमा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रतिनिधि चयनलाई लिएर तनाव सिर्जना भएको हो।
आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए ।
उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए ।
सो क्रममा च्यासलमै भएको अर्को समूहसँग उनीहरूको धकेलाधकेल भएको हो ।









