महाराजगञ्जमा ओली-देउवा भेटवार्ता



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दुई नेताबीच यो पहिलो भेट हो ।

भेटवार्तामा ओली, देउवाका साथै आरजु राणा र राधिका शाक्य पनि सहभागी छन्।

ओलीको सचिवालयले दिएको जानकारीअनुसार अहिले देउवा दम्पती र ओली दम्पतीबीच भेटवार्ता भइरहेको छ ।

प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार  ४ : ४९ बजे