‘ओली कुटी’प्रति शिक्षामन्त्री पुनको व्यंग्य- “२ जनाको कुटी माग्दा यत्रो दरबार!”



काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा को प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले डिजाइनमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका हून्।

मन्त्री पुनले लेखेका छन्, “यो नक्सा डिजाईन गर्ने इञ्जीनियरलाई सख्त कार्वाही गर्नु पर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ? एक छिन रमाईलो।”

प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार  ११ : १४ बजे