मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ



जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गरेका छन् ।

उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता यादव ६ दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार  १२ : ३२ बजे