काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्।
क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली कांग्रेसको उम्मेदवार हुन सिफारिस हुने नेपालभरका नेताहरूमध्ये पहिलो बनेका हुन्।
मोरङ–३ बाट सर्वसम्मत सिफारिस भएका डा. शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन्।
सोही कार्यक्रमस्थलमा बोल्दै शर्माले आगामी निर्वाचनलाई लक्षित गरी कांग्रेसले मोरङ–३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्नेमा जोड दिए।









