सिनामंगलमा असईले गरे चार महिने छोराको हत्या



काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् ।

आइतबार अपराह्न काठमाडौंको सिनामंगलस्थित डेरा कोठामा झगडा हुँदा चार महिनाको छोराको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनी त्रिभुवन विमानस्थलमा प्रहरी सहायक निरीक्षक (असई)का रुपमा कार्यरत रहेका थिए।

कार्कीले आफ्नी श्रीमती विष्णा साउदमाथि पनि कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट श्रीमती घाइते भएकी छिन्। उनको काठमाडौँ केएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार  ११ : ५२ बजे