ईश्वर पोखरेल समूहले पार्टी कार्यालयमा बुझायो नेतृत्व परिवर्तनको अवधारणापत्र



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् ।

अवधारणापत्रमा पार्टी र समसामयिक विषयमा समेटिएको छ । “गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछिको परिवेशमा हामी पार्टीको महाधिवेशनमा उपस्थित भएका छौँ । यसबीचमा हामीमाथि सोधिएका प्रश्नहरू, गरिएका खबरदारीहरू, लगाइएका आरोपहरू, थोपरिएका लाञ्छनाहरू र हामीप्रति व्यक्त आशाबारेमा हामी जानकार छौँ,” अवधारणापत्रमा उल्लेख छ ।

आसन्न महाधिवेशनमा ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार  ४ : ०२ बजे