काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरूद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी छन्।
भ्रष्टाचारविरूद्धको २२ औं अन्तरराष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले यो सरकार चुनावी सरकार मात्र नभई सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएको उल्लेख गरिन्।
‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्, प्रधानमन्त्री कार्कीले अगाडि भनिन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’
भ्रष्टाचारविरुद्ध जस्ता सुकै कमद चाल्न पनि आफूहरु तयार रहेको उनको भनाइ छ।









