झापा १ बाट विश्वप्रकाश शर्माको नाम एकल सिफारिस



फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि झापा १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ।

फागुन २१ को निर्वाचनका लागि क्षेत्रीय समितिले झापा १ बाट महामन्त्री शर्माको नाम एकल सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।

महामन्त्री शर्मा २०७९ को निर्वाचनमा झापा १ बाट नै निर्वाचित भएका थिए।

प्रकाशित मिति : मंसिर २३, २०८२ मंगलबार  ५ : ३६ बजे