एनपिएल : काठमान्डुले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ।

टस जितेको काठमान्डुले पहिले ब्याटिङ गर्ने भएको छ।

आजको खेलमा काठमान्डुले कुनै परिवर्तन गरेको छैन।

लिगको अन्तिम खेल खेलेको टोलीलाई नै काठमान्डुले मैदान उतार्दै छ। यता लुम्बिनीमा एक परिवर्तन गरिएको छ। सुमित महर्जनको स्थानमा दिनेश अधिकारीलाई मौका दिइएको छ।

प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार  ३ : ५८ बजे