मानव अधिकार आयोगले भन्यो : आयोगले गरेका सिफारिस सरकारले कार्यान्वयननै गर्दैन



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका सिफारिसहरु अझै कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधवार सिंहदरवारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले धेरै पटक आश्वासन दिएर पनि आयोगको सिफारिस कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन गरेर पीडितलाई मानव अधिकारको प्रत्याभुति दिलाउने काम गर्न पनि सरकारालाई सचेत गराए ।

उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि सरकारले आयोगको सिफारिस कार्यान्वयनमा आलटाल गर्न नहुने स्पष्ट पारे ।

प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार  ६ : ५९ बजे