पार्टीमा दुई कार्यकालको बिषयलाई बखेडा नबनाऔं : सुरेन्द्र पाण्डे



काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको बिषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एमाले महाधिवेशन केन्द्रीत युवा भेलामा पाण्डेले कार्यकालका बारेमा अध्यक्ष ओलीले दुई वटा धारणा राखेको भन्दै नैतिकताका लागि पनि दुई कार्यकालको बिषयलाई अनावश्यक बखेडा नबनाउन आग्रह गरेका हुन्।

पार्टी भित्र स्वस्थ बहसबाट दुई कार्यकालको बिषयलाई टुंगो लगाउनुपर्ने उनले बताए। उनले अब युवाको शक्तिबिना पार्टी अघि बढ्न नसक्ने भन्दै यसलाई यथार्थलाई परिणत गर्न महाधिवेशनले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए।

उनले महाधिवेशनमा सूचना टाँस गरेर नेता चयन गर्ने परिपाटीलाई अन्त्य गर्दै लोकतान्त्रीक विधिद्वारा कार्यकर्ताले आफ्नो नेता चयन गर्न पाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : मंसिर २६, २०८२ शुक्रबार  ३ : ०४ बजे