सुदूरपश्चिमलाई हराउदै लुम्बिनी बन्यो एनपिएल दोस्रो सिजनको च्याम्पियन



फाइनलमा पनि उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको उपाधि उचालेको छ ।

कीर्तिपुरमा सम्पन्न फाइनलमा उत्कृष्ट बलिङ गरेपछि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सहज जितसँगै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो ।

यससँगै सुदूरपश्चिमले लगातार दोस्रो सिजनमा पनि फाइनलमा हार बेहोरेको छ । पहिलो सिजनमा सुदूरपश्चिम बोल्ट्सँग पराजित भएको थियो । यस सिजन भने जनकपुर प्लेअफमा नै पुग्न सकेन ।

सुदूरपश्चिमले लिग र पहिलो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, फाइनलमा एकपल्ट फेरि असफल भयो ।

यसअघि सुदूरपश्चिमले एक मात्र हार लिगमा विराटनगर किङ्ससँग बेहोरेको थियो ।

प्रकाशित मिति : मंसिर २७, २०८२ शनिबार  ८ : ५८ बजे