एनपिएल : रोहितले जिते कार



काठमाण्डौ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनमा प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन् ।

लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो । लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो ।

उनी सिजनमा सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । नेपालको तर्पmबाट उनी सर्वाधिक रनकर्ता पनि हुन् ।

विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्पm पनि १० विकेट पनि लिए । रोहित उत्कृष्ट ब्याटर पनि भए ।

प्रकाशित मिति : मंसिर २७, २०८२ शनिबार  ९ : १३ बजे