एमाले अजम्बरी पार्टी हो : ओली



काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अजम्बरी रहेको दाबी गरेका छन् ।

शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको जिकिर गरेका हुन् ।

अध्यक्ष ओलीले जेन—जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्नेहरुका सामु धुवाँ, खरानी र निषेधका प्रहारहरुलाई चिर्दै पार्टीको महाधिवेशनमा जनसागर उर्लिएकाले पनि एमाले अजम्बरी बनेको आपूmले ढुक्कका साथ भन्नसक्ने अवस्था आएको दाबी गरे ।

प्रकाशित मिति : मंसिर २७, २०८२ शनिबार  ९ : १८ बजे