काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अब आफू चुनाव नलड्ने बताएका हुन्।
७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताए ।
पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ ।









