काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ ।
थापा वि.सं. २०७८ सालमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।














