काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ।
साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
यसअघि मंगलबार दिउँसो ४ बजेदेखि निर्वाचन सुरु हुने भनिएको थियो।
विद्युतीय भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले बेलुकामात्र मतदान सुरु हुने भएको हो।














