एमाले महाधिवेशन : आज मतदान हुँदै



काठमाडौं। नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया आज बिहान ८ बजेबाट शुरु हुँदैछ।

मंगलबार मतदान हुने भनिएपनि पटक-पटक समय परिवर्तन गरेर अन्तिम समयमा स्थगित गरिएको हो।

साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो ।

एमाले प्रतिनिधिलाई आज बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ ।

प्रकाशित मिति : पुस २, २०८२ बुधबार  ७ : ५७ बजे