एमाले महाधिवेशन : मतदानका लागि लाइनमा प्रतिनिधिहरु (तस्बिरहरु)



काठमाडौं। नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान भइरहेको छ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन्।

यस पटक एमालेले विद्युतीय मतदान मेसिन मार्फत मतदानका गराएको छ। बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ ।

प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसिरहेका छन्।

प्रकाशित मिति : पुस २, २०८२ बुधबार  १० : ५२ बजे