काठमाडौं, ४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।
लामिछाने तीन करोड ७४ लाख ८४ हजार बराबरको धरौटी बुझाएर छुटेका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने जिल्ला अदालत भैरहवा रूपन्देहीमा शुक्रबार साँझ आफैँ उपस्थित भएर कागज गरी थुनामुक्त भएका हुन्।
उनी सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा थिए ।
आज उनी भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा बैंक जमानत बुझाएर छुटेका हुन् ।









