काठमाडौं । डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विषेश कार्यक्रम गरिएको छ ।
दोस्रो विश्व ध्यान दिवस २०२५ मूल समारोह समितिले टुँडिखेलमा ध्यान दिवसको कार्यक्रम आयोजना गरेको हो ।
संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।
सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।





















