काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले पार्टिको आगामि महाधिवेशनमा पदाधिकारीको उम्मेदवार वन्ने वताएका छन् । शेर्पाले आज एक कार्यक्रममा पार्टिको १५ औ महाधिवेशनमा पदाधिकारीको उम्मेदवार वन्ने वताएका हुन् ।
पदाधिकारीको उम्मेदवार वन्ने वताए पनि शेर्पाले कुन पदाधिकारि लड्ने भन्नेबारे भने खुलाएनन् ।
पदाधिकारीको उम्मेदवार वन्ने शेर्पाको घोषणालाई कांग्रेस भित्र स्वभाविक दाबेदारिको रुपमा हेरिएको छ ।
पछिललो समय निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्छ भनेर उनले सार्बजनिक माध्यमबाट पटक पटक व्यक्त गरेको विचारले पदाधिकारीको उम्मेदवार वन्ने शेर्पाको दाबिलाइ बल पुर्याएको कांग्रेसका नेता कार्यकर्ताहरुले बताउने गरेका छन् ।
शेर्पा कांग्रेस भित्र वैचारिक र स्वच्छ छविको नेताका रुपमा समेत चिनिन्छन् ।
नेपाली कांग्रेसले महाधिवेशन कार्यतालिका समेत प्रकाशन गरिसकेकोले कांग्रेसभित्र महाधिवेशन केन्दित गतिविधिहरु सुरु भईसकेका छन् ।









