ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ



काठमाडौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकि छन् । सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताए । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताए ।

नेकपा एमाले अध्यक्ष एवं जेन–जी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानून हुने बताउदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताए ।

आफूहरु कानूनका ज्ञाता भएकाले कानूनअनुसार अघि बढ्ने बताए ।

प्रकाशित मिति : पुस ७, २०८२ सोमबार  ९ : ५३ बजे